मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा देव वाटमोर 

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा देव वाटमोर 

अष्ट्रेलियाका प्रशिक्षक देव वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक (हेड कोच) नियुक्त भएका छन्। 
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

काठमाडौं– अष्ट्रेलियाका प्रशिक्षक देव वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक (हेड कोच) नियुक्त भएका छन्। 

नेपाल क्रिकेट संघ(क्यान)ले आज सूचना जारी गर्दै वाटमोरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको बताएको छ।

वाटमोर नेपालको प्रशिक्षक नियुक्त भएसँगै उनका व्यवस्थापक कौस्तव लाहिरिले भने, ‘डेव नयाँ चुनौती स्वीकार गर्नका लागि आतुर छन्। उनको विश्वास छ– नेपालमा गुणस्तरीय खेलाडी छन् र नेपाली क्रिकेटको भविष्य उज्वल छ।’

उनले थपे, ‘नेपाल सुन्दर देश हो जहाँका युवा खेलाडीलाई प्रशिक्षण गराउनका लागि वाटमोर पर्खिरहेका छन्।’

अष्ट्रेलियाका पूर्वखेलाडी वाटमोरले राष्ट्रिय टिमबाट १९९७ देखि १९८० सम्म खेले। उनको टेस्ट र अन्य खेल करिअर भने लामो छैन।

१९७९ मार्च १० मा टेस्ट डेब्यू गरेका वाटमोरले १९७९ नोभेम्बरमा भारतविरुद्धको खेलपछि संन्यास लिए। उनले त्यसबीच ७ टेस्ट क्रिकेट खेले।

तर खेल जीवनमा ठूलो सफलता नपाएका उनको प्रशिक्षणले भने राम्रो सफलता पाएका छन्। जहाँ श्रीलंकाले विश्वकप जित्दा त्यहाँको राष्ट्रिय टिमको प्रशिक्षकका वाटमोर थिए।

बंगलादेशमा २००३ देखि २००७ सम्म राम्रो प्रशिक्षण अनुभव बटुलेका वाटमोरले विश्वका शक्तिशाली क्रिकेट टिमविरुद्ध आफ्ना खेलाडीलाई अब्बल तुल्याएका छन् भने भारतविरुद्ध जित निकाल्न सफल भएका छन्।

त्यस्तै उनले इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सका खेलाडीलाई २०१०–२०११ मा प्रशिक्षण गराएका छन्। ती दुई सिजनमा कोलकाता क्रमशः पाँचौं र चौथो स्थानमा थियो।

त्यसपछि उनले २०१२ देखि दुई वर्षका लागि पाकिस्तानको राष्ट्रिय टिमको  जिम्मेवारी सम्हाल्ने मौका पाएका छन्। उनले पकिस्तानलाई एसिया कप जिताएका थिए।

त्यसपछि उनले जिम्वावेको राष्ट्रिय टिम सम्हालिसकेका छन्। लामो अनुभवबाट खारिएका वाटमोर नेपाली क्रिकेटले पाएको उत्कृष्ट प्रशिक्षक समेत हुन्।

क्यानले मुख्य प्रशिक्षकका लागि आवदेन आह्वान गर्दा ७१ जना अन्तर्राष्ट्रिय प्रशिक्षकको आवेदन परेको थियो। तीन चरणमा भएको छनोटबाट वाटमोर मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्।

क्यानले मुख्य प्रशिक्षकका साथै महाप्रबन्धक पदमा रौनक बहादुर मल्ल, मुख्य वित्तीय पदाधिकारीकामा रमेश कुमार न्यौपाने र क्रिकेट व्यवस्थापकमा विनोद कुमार दासलाई नियुक्त गरेको छ।

प्रकाशित: Dec 17, 2020| 11:10 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।