बिहीबार, असोज १, २०८३

माछापुच्छ्रे बैंकको १०.४ प्रतिशत लाभांश पारित

माछापुच्छ्रे बैंक लिमिटेडको २२ औँं वार्षिक साधारणसभा आज बिहीबार होटल पोखरा ग्राण्ड पोखरामा सम्पन्न भएको छ । 
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडको २२ औँं वार्षिक साधारणसभा आज बिहीबार होटल पोखरा ग्राण्ड पोखरामा सम्पन्न भएको छ । 

उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीलाई हालको चुक्ता पूँजीको १०.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

जसमध्ये चुक्ता पूँजीको ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । साथै साधारणसभाबाट माछापुच्छ्रे बैंक लि. सर्वसाधारण सेयर धनी समूहको तर्फबाट जय मुकुन्द खनाल, विश्व प्रकाश गौतम तथा सृजना कार्की भट्टराईलाई आगामी ४ वर्षको लागि संचालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ । 

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ४५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्व ७० करोड रुपैयाँ संचित छ ।
 

प्रकाशित: Dec 17, 2020| 11:03 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्