मंगलबार, भदौ २३, २०८३

नौ महिनापछि खुलेको पशुपतिनाथ मन्दिर (भिडियो)

मन्दिर पुग्ने श्रद्धालुले सजिलै दर्शन गर्न पाइएको र मन्दिर परिषर पनि पहिले भन्दा व्यवस्थित र सफा भएको बताएका छन्। 
 |  बिहीबार, पुस २, २०७७

गिरिप्रसाद भुसाल

गिरिप्रसाद भुसाल

बिहीबार, पुस २, २०७७

कोरोना महामारीका कारण गएको चैत महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर बुधबारबाट खुला भएको छ। 

मन्दिर खुलेसँगै बुधबार विहानैबाट श्रद्धालुहरु मन्दिर पुगेका छन्। यद्यपि खुलेको दोस्रो दिन बिहीबारसम्म सामान्यकालको जस्तो घुइँचो छैन। 

लामो समयसम्म मन्दिर बन्द राखिएपछि मंगलबार पशुपति क्षेत्र विकास कोषले क्षमापूजा गरेको थियो। 

मन्दिर प्रवेश गर्दा सबैलाई हात स्यानिटाइज गर्नु र मास्क लगाउनु अनिवार्य गरिएको छ। मन्दिरमा हुने विशेष पूजा र भजनकीर्तन लगायतका गतिविधि भने अझै पनि बन्द नै छन्। 

मन्दिर पुग्ने श्रद्धालुले सजिलै दर्शन गर्न पाइएको र मन्दिर परिषर पनि पहिले भन्दा व्यवस्थित र सफा भएको बताएका छन्। 

प्रकाशित: Dec 17, 2020| 10:44 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।