काठमाडौं– सनराइज बैंक लिमिटेडले झापाको भद्रपुर नगरपालिका–१, पृथ्वीनगर¬–कुलेचौकमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।
सो शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ५५ पुगेको छ । बैंकले भद्रपुर नगरपालिका वडा नं १, पृथ्वीनगर–कुलेचौकमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा गौरव लुईंटेललार्ई नियुक्त गरेको छ ।
बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिनेछ। यस सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ ।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ सेवा सुरु गरेको बैंकले जनाएको छ ।