मंगलबार, भदौ २३, २०८३

थप ७७६ जनामा कोरोना संक्रमण, ६ जनाकाे मृत्यु 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको तथ्यांकअनुसार थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ७७६  जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको तथ्यांकअनुसार थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

यससँगै हालसम्म जम्मा संक्रमितको संख्या दुई लाख ५१ हजार ६९२  पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५८० रहेको मन्त्रालयले जनाएको छ।  

मन्त्रालयको विवरणअनुसार २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ९४७  रहेको छ। हालसम्म दुई लाख ४० हजार ३६३  जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको  छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट एक हजार ७४९  जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
 

प्रकाशित: Dec 17, 2020| 10:13 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।