बिहीबार, असोज १, २०८३

२२ अंकले घट्यो नेप्से, ६ अर्ब ७६ करोडको कारोबार 

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) २२.७ अंकले घटेको छ। 
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) २२.७ अंकले घटेको छ। 

२०५८ बाट सुरु भएको बजार उतारचढाव हुँदै २०३२.५१ विन्दुमा पुगेर रोकिएको हो।  

आज सेन्सेटिभ इन्डेक्स १ अंकले घटेर ३८५.९४ विन्दुमा पुगेको छ। 

१९५ कम्पनीको १ करोड ४१ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ७६ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

बिहीबार माइक्रोफाइनान्स समूहको सूचक ९.२८ अंकले बढेको छ भने बाँकी समूहको सूचक ओरालो लागेको छ। 

बैंकिङ समूह ११.४, व्यापार ५८, होटल ३२, विकास बैंक १६.६८, जलविद्युत् २७.३६ अंकले घटेको छ। 

त्यस्तै फाइनान्स ८.३९, निर्जिवन बिमा १३५.५९, उत्पादन ३५, अन्य ३२.४५, बिमा २७४ र म्युचुअल फण्ड समूहको सूचक ०.०७ अंकले घटेको छ। 

आज महुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता सर्वाधिक कमाउनेमा परेका छन् भने नारायणी विकास बैंकका लगानीकर्ताले बढी गुमाएका छन्।    
 

प्रकाशित: Dec 17, 2020| 10:09 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्