मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रिपरिषद् बैठक साँझ ६ बजे, अध्यादेश फिर्ता हुन सक्ने

मन्त्रिपरिषद् बैठक साँझ ६ बजे, अध्यादेश फिर्ता हुन सक्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्रीले नियमित बैठक भन्दै बोलाइएकाले कुनै एजेन्डा तय नभएको एक मन्त्रीले जानकारी दिए।

प्रधानमन्त्री निकट स्रोतले पनि ६ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको जानकारी दिएको छ। 

आजको बैठकले संवैधानिक परिषद् सम्बन्धी मंगलबार ल्याएको अध्यादेश फिर्ता गर्ने विषयमा निर्णय गर्न सक्ने बुझिएको छ। 

नेकपाको स्थायी कमिटीको बुधबार बसेको बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो। प्रधानमन्त्री पनि अध्यादेश फिर्ता लिन सहमत भएपछि स्थायी कमिटीले उक्त निर्णय गरेको हो।
 

प्रकाशित: Dec 17, 2020| 09:07 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।