मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नगर विकास आयोजनाले अलपत्र पारेको मैजुबहाल चक्रपथ कालोपत्रे 

नगर विकास आयोजनाले अलपत्र पारेको मैजुबहाल चक्रपथ कालोपत्रे 

लामो समयदेखि नगर विकास आयोजनाले अलपत्र पारेको मैजुबहाल चक्रपथको कालोपत्रे भएको छ। 
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

काठमाडौं– लामो समयदेखि नगर विकास आयोजनाले अलपत्र पारेको मैजुबहाल चक्रपथको कालोपत्रे भएको छ। 

कालोपत्रे भइरहेको सडकको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनुगमन गरेका छन्। 

उनीसँगै प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईसहितको टोली चाबहिल मैजुबहाल चक्रपथ पुगेका थिए।  

मेयर शाक्यको टोली अनुगमनमा जाँदा स्थानीयले बाटो कालोपत्रे भएको भन्दै खुसी व्यक्त गरे।  शाक्यले चुनाव ताका उक्त सडक कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। 

उनले आफू निर्वाचित भएर आएपछिका तीन वर्षमा वडामा भएका विकास निर्माणका कामको प्रत्यक्ष जानकारी लिन अनुगमनमा निस्किएको बताए।

मैजुबहाल चक्रपथको करिब २ किलोमिटर कालोपत्रे गर्ने, बिजुलीका पोल सार्नेलगायतका कार्यका लागि ८ करोड ५० लाख विनियोजना भएको छ। 
 

प्रकाशित: Dec 17, 2020| 09:02 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।