मंगलबार, भदौ २३, २०८३

संवैधानिक परिषद् बैठक ५ बजे, देउवा सहभागी नहुने 

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। 
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। परिषद् बैठक बालुवाटारमा बिहीबार साँझ ५ का लागि बोलाइएकाे हाे।

ओलीले परिषद्को बैठक बोलाएको जानकारी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत दिएका छन्। 

देउवा भने अध्यादेश फिर्ता नभई बोलाइएको बैठकमा उपस्थित नहुने भएका छन्। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अध्यादेशमा टेकेर भएका वा हुने कुनै पनि निर्णय कांग्रेसलाई मान्य नहुने भएकाले बैठकमा सभापति देउवा उपस्थित नहुने बताए।  

नेकपा स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीले संवैधानिक परिषद. सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरे पनि सरकारले राष्ट्रपति समक्ष अध्यादेश फिर्ता लिन सिफारिस गरेको छैन।

प्रकाशित: Dec 17, 2020| 08:59 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।