काठमाडौं– प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुखको रुपमा कार्यभार सम्हालेका छन्।
२५ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले पाललाई कार्य एवं अपराध अनुसन्धान विभागबाट महानगरीय प्रहरी कार्यालयमा सरुवा गरेको थियो।
एआईजी पाललाई कार्यालयबाट सरुवा भई जान लागेका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल लगायतका प्रहरी कर्मचारीहरूले स्वागत गरेका थिए।
कार्यक्रममा कार्य एवं अपराध अनुसन्धान विभागमा सरूवा भई जान लागेका एआईजी पोखरेललाई पालले मायाको चिनो प्रदान गरेर विदाइ गरेका थिए।
कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रत्यक्ष मातहतका कार्यालय प्रमुखहरू, सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति थियो।