मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सात दिनभित्र उखु किसानको बक्यौता तिर्ने व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन

सात दिनभित्र उखु किसानको बक्यौता तिर्ने व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन

उखु किसानको बक्यौता रकम सात दिनभित्र तिर्ने व्यवस्था मिलाउन संसदीय समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। 
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

काठमाडौं– उखु किसानको बक्यौता रकम सात दिनभित्र तिर्ने व्यवस्था मिलाउन संसदीय समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। 

बिहीबार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो।

समितिले उखु किसानको आन्दोलन र चिनी उद्योगीले बक्यौता नदिएको विषयमा बिहीबार मन्त्री र सचिवलाई बोलाएर छलफल गरेको थियो। 

त्यस्तै समितिले श्रम मन्त्रालयलाई उद्योगमा कार्यरत श्रमिकको अवस्थाका बारेमा अध्ययन गरेर प्रतिवेदन तयार पार्न पनि निर्देशन दिएको छ। बक्यौता रकम भुक्तानी नगरिएपछि उखु किसानहरु काठमाडौंमा आन्दोलन गरिरहेका छन्।

प्रकाशित: Dec 17, 2020| 08:48 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।