काठमाडौं– बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा. लि.मा बैंकको डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट क क्षेणीको मान्यता प्राप्त प्रयोगशाला नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा. लि.ले बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, तुलसीपुर, घोराही तथा धनगढी लगायत क्षेत्रहरुमा सेवा प्रदान गर्दै आइरहेको छ ।
उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालय प्रबन्धक रत्न बहादुर खड्का र नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा. लि. रुपन्देहीका निर्देशक पवन जोशीले हस्ताक्षर गरे।