बिहीबार, असोज १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्रिय वाणिज्य बैंक र महालक्ष्मी नगरपालिकाबीच सम्झौता 

राष्ट्रिय वाणिज्य बैंक र महालक्ष्मी नगरपालिकाबीच सम्झौता 

 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र महालक्ष्मी नगरपालिका (ललितपुर जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधबार सम्झौता भएको छ । 

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि नगरपालिकाले नगर क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ। सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।
                  
 

प्रकाशित: Dec 16, 2020| 11:27 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्