बिहीबार, असोज १, २०८३

लिखु खोला हाइड्रोपावरको आईपीओ आउँदै

लिखु खोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ।
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं– लिखु खोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले ६२ करोड ५० लाख बराबरको ६२ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो।

कम्पनीले जारी पुँजीको २० प्रतिशत आईपीओ जारी गर्न लागेको हो। कम्पनीको जारी पुँजी तीन अर्ब १२ करोड ५० लाख छ। कम्पनीले जारी गर्ने आईपीओको लागि सेयर प्रत्याभूतिको लागि नागरिक लगानीलाई नियुक्त गरेको छ। 

सेयर प्रत्याभूति कार्य गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र ग्रिन भेन्चर्सको तर्फबाट अनिल अग्रवालले सम्झौता–पत्रमा हस्ताक्षर गरे । 

रामेछाप र ओखलढुंगा जिल्लाको सिमानाको रुपमा रहेको लिखु खोलाबाट ५२.४ मेगावाट विद्युत् उत्पादन गर्ने उक्त आयोजनाको निर्माण कार्य ८५ प्रतिशत समाप्त भइसकेको कम्पनीले जानकारी गराएको छ। सो हाइड्रोपावरमा ग्रिन भेन्चर्स कम्पनीको लगानी छ। 


 

प्रकाशित: Dec 16, 2020| 11:11 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्