बिहीबार, असोज १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मातहतका निकायलाई सम्पत्ति विवरण बुझाउन पर्यटनमन्त्रीको निर्देशन 

मातहतका निकायलाई सम्पत्ति विवरण बुझाउन पर्यटनमन्त्रीको निर्देशन 

धार्मिक स्थलहरूलाई ऐतिहासिक अवस्था अध्ययन, अनुसन्धान गर्ने थलोको रुपमा विकास गर्न मन्त्री भट्टराईले आग्रह पनि गरेका छन्। 
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्त्रालय मातहतका विकास समितिहरूलाई दुई महिनाभित्र सम्पत्ति विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिएका छन्। 

मन्त्रालय अन्तर्गतका संस्कृत सम्बद्ध निकाय (विकास समिति)हरूसँगको अन्तर्क्रिया कार्यक्रममा बुधबार भट्टराईले गुरुयोजना निर्माण गरी अघि बढ्न तथा नभए तत्काल निर्माणको कार्य थालनी गर्न आग्रह गरेका हुन्। 

भट्टराईले विकास समितिहरूलाई छाता ऐन बनाएर एकीकृत गर्ने योजना भएको बताउँदै महिना दिनभित्र सुझाव दिन सबैलाई आग्रह गरेका छन्। 

उनले विकास समितिहरूले मितव्ययिता अपनाउन साथै भेटी पारदर्शी, व्यवस्थित गरी लेखा परीक्षण अनिवार्य गर्न र बेरुजु फस्यौट तत्काल गर्न निर्देशन पनि दिएका छन्। 

भट्टराईले धार्मिक तथा साँस्कृतिक स्थलको विकासका लागि प्रदेश तथा स्थानीय तहले समन्वय गरेर बढीभन्दा बढी फाइदा लिनसमेत आग्रह गरे। 

धार्मिक स्थलहरूलाई ऐतिहासिक अवस्था अध्ययन, अनुसन्धान गर्ने थलोको रुपमा विकास गर्न मन्त्री भट्टराईले आग्रह पनि गरेका छन्। 

अन्तर्क्रियामा पशुपति विकास कोष, लुम्बिनी विकास कोष, देवघाट क्षेत्र विकास समिति, पाथीभरा क्षेत्र विकास समिति, बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारी सहभागी थिए। 

त्यस्तै, बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समिति, बृहत्तर बराह क्षेत्र विकास समिति, मनकामना क्षेत्र विकास समिति, हलेसी महादेवस्थान विकास समिति र बृहत्तर जनकपुर क्षेत्र विकास समितिका अध्यक्ष र कार्यकारी निर्देशकको सहभागिता थियो। 
 

प्रकाशित: Dec 16, 2020| 10:31 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्