बिहीबार, असोज १, २०८३

६ अंकले घट्यो नेप्से 

बुधबार सेयर बजार परिसूचक (नेप्से) ६.२ अंकले घटेको छ। 
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं– बुधबार सेयर बजार परिसूचक (नेप्से) ६.२ अंकले घटेको छ। 

२०९७ विन्दुबाट सुरु भएको बजार १५ मिनेटमै घटेर २०४१ मा पुगेको थियो। ११ः२९ मा २०६२ मा पुगेको बजार क्रमशः ओरालो लागेर २०५५.२२ अंकमा पुगेर रोकिएको हो। 

आज सेन्सेटिभ इन्डेक्स ०.४३ अंकले घटेर ३८६.९८ विन्दुमा पुगेको छ। १९९ कम्पनीको १ करोड ५ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १४ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

बुधबार बैंकिङ, व्यापार, होटल, विकास बैंक, उत्पादन, माइक्रोफाइनान्स र म्युचुअल फण्ड समूहको सूचक बढेको छ। 

त्यसैगरी जलविद्युत्, फाइनान्स, निर्जिवन बिमा, अन्य र जीवन बिमा समूहको सूचक ओरालो लागेको छ। 

आज छ्याङ्दी जलविद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले बढी गुमाएका छन्।  
 

प्रकाशित: Dec 16, 2020| 10:12 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्