बिहीबार, असोज १, २०८३

मर्जरका लागि हिमालयन बैंकले बनायो उपसमिति

 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं– हिमालयन बैंक लिमिटेडको संचालक समितिले बैंकका संचालक सुनिल बहादुर थापाको संयोजकत्वमा मर्जर–एक्युजिसन उपसमिति गठन गरेको छ। 

नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको  मर्जर–एक्युजिसनलाई प्रोत्साहन गर्ने नीतिलाई अनुसरण गर्दै बैंकले उपसमिति गठन गरेको हो। 

सो उपसमितिले मर्जर–एक्युजिसनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको खोजीका साथै त्यसबारे अध्ययन विश्लेषणको कार्य गरिरहेको बैंकले जनाएको छ। 

यद्यपि हालसम्म मर्जरबारे कुनै निर्णय नभएको बैंकले जनाएको छ।

प्रकाशित: Dec 16, 2020| 10:04 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्