काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५३ औं वार्षिक साधारणसभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ।
कर्पोरेशनले कम्पनी ऐन २०६३ को अधिनमा रही तयार पारिएको ५३ औं वार्षिक प्रतिवेदनका साथै २०७६ साल आषाढ मसान्तसम्मको कर्पोरेशनको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा कर्पोरेशनले गरेको विभिन्न कृयाकलापहरुको बारेमा छलफल एवं समिक्षा गरी आगामी दिनहरुमा अझ बढी प्रभावकारी ढंगले अगाडि बढ्न मार्गदर्शनका साथ वार्षिक प्रतिवेदनलाई अनुमोदन गरेको छ ।
कर्पोरेशनको प्रस्तुत वर्षको कारोबारलाई तुलनात्मक रुपमा मूल्याङ्कन गर्दा नून, रासायनिक मल, लगायत व्यापारिक कारोबार सन्तोषजनक रहेको र विभिन्न क्ष्ँेत्रको लगानी उपलब्धीमूलक रहेको देखिएको छ ।
कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोबार गरी रु. ८ अर्ब २५ करोडको कारोबार गर्न सफल भएको छ । उक्त कारोबारबाट कर्पोरेशनले आ.व. २०७५–०७६ मा कुल मुनाफा ७३ करोड १४ लाख आर्जन गर्न सफल भएको छ ।
कर्पोरेशनले यस वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावलाई स्विकृत गरेको छ ।