बिहीबार, असोज १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लिखु खोला हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष 

लिखु खोला हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष 

 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं– लिखु खोला हाइड्रोपावर कम्पनीको जारी पूँजी तीन अर्ब १२ करोड ५० पुँजीमध्ये २० प्रतिशतले हुन आउने सर्वसाधारण नागरिक, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्याएको ६२ लाख ५० हजार कित्ता शेयर प्रति कित्ता रु. १०० अंकित दरले शेयरको मूल्य रु. ६२ करोड ५० लाखको शेयर प्रत्याभुति व्यवस्थापनको कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरेको छ । 

शेयर प्रत्याभूति कार्य गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र ग्रिन भेन्चर्सको तर्फबाट अनिल अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरे।

रामेछाप र ओखलढुङ्गा जिल्लाको सिमानाको रुपमा रहेको लिखु खोलाबाट ५२.४ मेगावाट बिद्युत उत्पादन गर्ने उक्त आयोजनाको निर्माण कार्य ८५ प्रतिशत समाप्त भैसकेको कम्पनीले जानकारुी गराएको छ । 
 

प्रकाशित: Dec 16, 2020| 07:24 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्