बिहीबार, असोज १, २०८३

सुनको मूल्य तोलामा आठ सय बढ्यो 

बुधबार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेको छ। 
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं– बुधबार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९३ हजार १०० कायम भएको छ। मंगलबार ९२ हजार ३०० मा कारोबार भएको थियो। 

तेजाबी सुनको मूल्य पनि तोलामा आठ सयले बढेको छ। मंगलबार ९१ हजार ८५० मा कारोबार भएको तेजाबी सुन आज ९२ हजार ६५० तोकिएको छ। 

चाँदी तोलामा ३० रुपैयाँ बढेर एक हजार २३० मा कारोबार भइरहको छ। 
 

प्रकाशित: Dec 16, 2020| 05:37 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्