बिहीबार, असोज १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दक्षिण कोरियाबाट नेपालमा रकम पठाउन एनआईसी एशिया बैंक र सेन्टबी रेमिटबीच रणनीतिक साझेदारी

दक्षिण कोरियाबाट नेपालमा रकम पठाउन एनआईसी एशिया बैंक र सेन्टबी रेमिटबीच रणनीतिक साझेदारी

 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

काठमाडौं– दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूका खातामा रकम तुरुन्त पठाउन सकिने गरी एनआईसी एशिया बैंक र सेन्टबी रेमिटबीच रणनीतिक साझेदारीको सुरुवात भएको छ। 

दक्षिण कोरियामा बस्दै आएका नेपालीले अब बिना झन्झट मोबाइल एवं कम्प्युटरको प्रयोगबाटै यस बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा अनलाइनमार्फत रकम जम्मा गर्न सक्नेछन्।

उक्त सुविधाका अलावा कोरियाबाट देशभर छरिएर रहेका यस बैंकका १० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत आफूले इच्छाएको व्यक्तिलाई सहज रुपमा रकम पठाउन समेत सकिने व्यवस्था रहेको छ । 
 

प्रकाशित: Dec 15, 2020| 11:58 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्