काठमाडौं– सनराइज बैंकले आफ्ना ग्राहकको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएको छ ।
त्यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले सिद्घार्थ गुप्र अफ हस्पिट्यालिटीसँग सम्झौता गरेको छ। सनराइज बैंक लिमिटेड तथा सिद्घार्थ ग्रुप अफ हस्पिट्यालिटीबिच बैंकका ग्राहकलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले सिद्घार्थ गुप्रका होटलहरुमा खान, बस्न तथा बेभरेजजस्ता सुविधाको भुक्तानी गर्दा सनराइज बैंकको क्रेडिट तथा डेबिट कार्ड देखाएर वा कार्ड मार्पmत भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् ।
उक्त सम्झौतापश्चात सिद्घार्थ ग्रुप अन्तर्गत रहेका काठमाडौं उपत्यका तथा उपत्यका बाहिर महेन्द्रनगर, कैलाली, बुटवल, सुर्खेत, बिर्तामोड लगायतका अन्य जिल्लाहरुमा अवस्थित होटल, रिसोर्ट, रेष्टुरेन्ट तथा क्याफेहरुमा पनि ग्राहकले छुटको लाभ लिन सक्नेछन् ।