बिहीबार, असोज १, २०८३

५.७५ अंकले घट्यो नेप्से, ६ अर्ब ६९ करोडको कारोबार

मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५.७५ अंकले घटेको छ।
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

काठमाडौं– मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५.७५ अंकले घटेको छ। २०८५.५७ अंकबाट सुरु भएको बजार क्रमशः ओरालो लाग्दै २०६१.४१ अंकमा पुगेर रोकिएको हो। 

आज २०५ कम्पनीको ९७ लाख ५५ हजार सेयर खरिदबिक्री हुँदा ६ अर्ब ६९ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सेन्सेटिभ इन्डेक्स ०.७४ अंकले घटेर ३८७.४२ मा पुगेको छ। 

आज बैंकिङ ०.०८, माइक्रोफाइनान्स ५९.५९ र जीवन बिमा समूहको सूचक ५१.७९ अंकले बढेको छ।

व्यापार समूहको सूचक ५४.५६, होटल २०.५४, विकास बैंक २४.१४, जलविद्युत् १८.५८, फाइनान्स ६.१९, निर्जिवन बिमा ८१.९६, उत्पादन ११५.१३, अन्य १८.८९ र म्युचुअल फण्डको सूचक ०.०७ अंकले घटेको छ। 

मंगलबार उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा मल्टिपप्रोज फाइनान्सका लगानीकर्ताले बढी गुमाएका छन्।      
 

प्रकाशित: Dec 15, 2020| 10:04 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्