बुधबार, भदौ ३१, २०८३

५६ अंकले बढ्यो नेप्से 

सोमबार सेयर बजार परिसूचक (नेप्से) ५६.७२ अंकले बढेको छ।
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

काठमाडौं– सोमबार सेयर बजार परिसूचक (नेप्से) ५६.७२ अंकले बढेको छ। 

बढेको बजार २०६७.१७ विन्दुमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्स ६.०४ अंकले बढेर ३८८.१६ अंकमा पुगेको छ। 

आज २०२ कम्पनीको १ करोड २८ लाख ८८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब २० करोड ४१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। 

आज जलविद्युत् समूहको सेयर २१.१५ अंकले ओरालो लागेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ। 

बैंकिङ समूहको सूचक २२.१, व्यापार १६१.७६, होटल ३६.१६, विकास बैंक ५६.५२ अंकले बढेको छ। 

त्यस्तै फाइनान्स ३.३४, निर्जिवन बिमा ३७९.१४, उत्पादन १०६.०५, अन्य ६३.३९, माइक्रोफाइनान्स १३६.२१, जीवन बिमा १ र म्युचुअल फण्ड ०.१५ अंकले बढेको छ।

सोमबार प्राइम लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने लिबिर्टी इनर्जी कम्पनीका लगानीकर्ताले बढी गुमाएका छन्।     
 

प्रकाशित: Dec 14, 2020| 09:55 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्