बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ‘कर्पोरेट–पे’ प्रणालीका लागि एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता 

‘कर्पोरेट–पे’ प्रणालीका लागि एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता 

एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ । 
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ । 

यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

बैंकले आफ्ना सम्पूर्ण संस्थागत ग्राहकलाई प्रदान गर्ने उक्त डिजिटल प्रणालीमार्फत संस्थागत ग्राहकले बैंकमा उपस्थित नभई रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू आफ्नो बैंकमा रहेको बैंक खाताबाट सजिलै गर्न सक्नेछन्। 
 

प्रकाशित: Dec 14, 2020| 08:25 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्