बुधबार, भदौ ३१, २०८३

राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने

नेपाल राष्ट्र बैंकले ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। 
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

काठमाडौं– नेपाल राष्ट्र बैंकले ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। 

बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो। 

चार अर्बको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ। उक्त बिल आगामी ३ चैतमा परिपक्व हुनेछ। 

त्यस्तै दुई अर्ब रुपैयाँको ट्रेजरी बिल भने ३६४ दिने अवधिको हुने छ। 

बैंकले यसअघि २२ मंसिरमा १७ अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो।
 

प्रकाशित: Dec 13, 2020| 12:28 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्