बुधबार, भदौ ३१, २०८३

मुक्तिनाथ विकास बैंकको ‘मुक्ति भाइ’

 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

काठमाडौं– मुक्तिनाथ विकास बैंकले बैंकको लोगोको प्रतिक ‘मुक्ति भाइ’ नामक नयाँ ब्राण्ड मस्कट सार्वजनिक गरेको छ । आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्राण्ड बनाएर आफ्नो विभिन्न सेवा, सुविधा, प्रडक्टहरुको प्रचार प्रसार गर्ने बैंकले जनाएको छ।

बैंकका अध्यक्ष भरतराज ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले संयुक्त रुपमा एक कार्यक्रम मार्फत बैंकको मस्कट सार्वजनिक गरेका छन्।

कार्यक्रममा बैंकका संस्थापक सेयरधनी तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति  थियो। हाल मुक्तिनाथ विकास बैंकका १३८ वटा शाखा कार्यालय छन् ।
 

प्रकाशित: Dec 13, 2020| 10:01 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्