बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्रिय वाणिज्य बैंक र बेलबारी नगरपालिकाबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र बेलबारी नगरपालिकाबीच सम्झौता

 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र मोरङको बेलबारी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा काठमाडौंमा आइतबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले हस्ताक्षर गरे।

सम्झौतापछि नगरपालिकाले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत उद्यम तथा व्यवसाय गर्न सम्भाव्य र इच्छुक समूहलाई परामर्श तथा उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने र तालिमप्राप्त उद्यमीरुको ५–५ जनाको समूह बनाई सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाका लागि बैंकको शाखामा सिफारिस गर्ने छ। 

नगरपालिकाले सिफारिश गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार प्रत्येक समूहलाई अधिकतम पाँच लाख रुपैयाँसम्म सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्नेछ । 
 

प्रकाशित: Dec 13, 2020| 10:00 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्