बुधबार, भदौ ३१, २०८३

४६ अंकले बढ्यो नेप्से, ४ अर्ब ८९ करोडको कारोबार 

आइतबार सेयर बजार परिसूचक (नेप्से) ४६.४३ अंकले बढेको छ। 
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

काठमाडौं– आइतबार सेयर बजार परिसूचक (नेप्से) ४६.४३ अंकले बढेको छ। 

बढेको बजार २०१०.४५ विन्दुमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्स ८.०९ अंकले बढेर ३८२.११ अंकमा पुगेको छ। 

आज २०३ कम्पनीको ९० लाख ५० हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८९ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। 

आज बैंकिङ समूहको सूचक ४५.७७, विकास बैंक ३६.७१, फाइनान्स ७.२२, निर्जिवन बिमा १७४.०५, उत्पादन २७२.५४, अन्य १५.३, माइक्रोफाइनान्स ५६.२९, जीवन बिमा ५२८.४३ र म्युचुअल फण्ड ०.११ अंकले बढेको छ।

त्यसैगरी व्यापार समूहको सूचक २९.८६, होटल ५.६८ र जलविद्युत् २८.९५ अंकले घटेको छ। 

आइतबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने अपर तामाकोशी जलविद्युत्का लगानीकर्ताले बढी गुमाएका छन्।     
 

प्रकाशित: Dec 13, 2020| 09:50 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्