बुधबार, भदौ ३१, २०८३

देशभरका होमस्टे खोल्ने तयारी 

देशभरका होमस्टे खोल्ने ‘होमस्टे एशोसियसन नेपाल’ ले निर्णय गरेको छ। 
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

काठमाडौं– देशभरका होमस्टे खोल्ने ‘होमस्टे एशोसियसन नेपाल’ ले निर्णय गरेको छ। 

चितवनमा बसेको एशोसियसनको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै होमस्टे खोल्ने निर्णय गरेको हो। 

कोरोना महामारीका कारण करिब ९ महिनादेखि देशभरका होमस्टे बन्द छन्। दशैंपछि केही स्थानका होमस्टे भने खुलेका छन्। 

होटल, रेस्टुरेन्टलगायत व्यवसाय खोलेकाले होमस्टे पनि सञ्चालन गर्ने निर्णय भएको एशोसियसनले जनाएको छ। 

सरकारले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्न अनुमति दिइसकेको छ। 
 

प्रकाशित: Dec 13, 2020| 08:16 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्