मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सर्‍यो, शोक प्रस्ताव पारित गर्ने कार्यसूची

नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सर्‍यो, शोक प्रस्ताव पारित गर्ने कार्यसूची

नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको जनाइएको छ । 
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक स्थल सरेको छ ।
 
पाटी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक बालुवाटारमा बस्ने भएको स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले जानकारी दिए । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएपछि बैठक स्थल सारिएको हो । मंसिर २१ गतेको बैठकमा ओली सहभागी भएका थिएनन् । 

ओलीले यसअघि पनि धुम्बाराहीमा सुरक्षा खतरा रहेको भन्दै सचिवालय बैठक बालुवाटारमा सारेका थिए । दिउँसो १ बजे बस्ने आजको बैठकमा शोक प्रस्ताव पेश हुने भएको छ । 

नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको जनाइएको छ । 

मङ्सिर २१ गते बसेको बैठकमा दुवै अध्यक्षको प्रतिवेदन (आरोपपत्र) अध्ययनका लागि वितरण गरेर सात दिनका लागि स्थगित गरिएको थियो। यसबीचमा दुई अध्यक्षबीच सहमति खोज्ने प्रयास पनि त्यो सफल हुन सकेको छैन। 

ओली प्रतिवेदन फिर्ता लिन दाहाललाई दबाब दिँदै आएका छन् भने दाहाल स्थायी कमिटीमा प्रतिवेदन पेस भइसकेकाले त्यहींबाट निर्णय हुने अडानमा छन्। 

कात्तिक २८ गतेको सचिवालय बैठकमा दाहालले पेस गरेको प्रतिवेदनमा ओलीले पार्टीको निर्णय नमानेको, स्वेच्छाचारी भएको, सरकार असफल भएको, भ्रष्टाचार मौलाएको लगायतका दर्जन बढी आरोप लगाएका छन्। 

दाहाल र नेपाल पक्ष ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पदन छाड्नुपर्ने अडानमा छन्। तर, ओलीले यसलाई अस्वीकार गर्दै आएका छन्।
 

प्रकाशित: Dec 13, 2020| 04:30 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।