मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विश्व समुदायलाई हिमालय क्षेत्रको महत्त्व चिन्न प्रधानमन्त्री ओलीको अपिल

विश्व समुदायलाई हिमालय क्षेत्रको महत्त्व चिन्न प्रधानमन्त्री ओलीको अपिल

प्रधानमन्त्री ओलीले क्लाइमेट एक्स समिट–२०२० लाई सम्बोधन गर्दै हिमालय जोगाउन विश्व तापमान नियन्त्रण गर्न आग्रह गरेका हुन् ।
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले  हिमालय क्षेत्रको महत्त्व चिन्न विश्व समुदायलाई आग्रह गरेका छन्। 

प्रधानमन्त्री ओलीले क्लाइमेट एक्स समिट–२०२० लाई सम्बोधन गर्दै हिमालय जोगाउन विश्व तापमान नियन्त्रण गर्न आग्रह गरेका हुन्।

भर्चुअल सम्मेलनमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘कोभिड–१९ को कारणले हामीले कोप–२६ पछि सार्नु परेको छ तर सफा र हरियाली पृथ्वीको हाम्रो आकांक्षालाई हामी सार्न सक्दैनौं।’

ओलीले नेपालले पेरिस सम्झौतालाई पूर्णरुपमा समर्थन गर्ने र तापमान वृद्धिलाई १.५ डिग्री राख्ने लक्ष्यलाई समर्थन गर्ने बताए। 

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनो गुटारेसले बिश्व जगतलाई जलवायु आपतकाल घोषणा गर्न अपिल गरेका छन्। 

महासचिव गुटरेसले वातावरण मैत्री तथा जलवायु परिवर्तनको प्रभाव कम हुने खालको विकासका लागि गरिब राष्ट्रहरुलाई सहयोग गर्ने प्रतिबद्धताबाट धनी राष्ट्रहरु पछि हटेको आरोप लगाए। 

यसअघि धनी राष्ट्रहरुले सन् २०२० देखि वार्षिक सय बिलियन अमेरिकी डलर बराबरको रकम गरिब देशमा स्वच्छ विकास र जलवायु परिवर्तन अनुकुलन कार्यक्रमका लागि सहयोग गर्ने वचन दिएका थिए।

प्रकाशित: Dec 13, 2020| 04:10 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।