मंगलबार, भदौ २३, २०८३

 देउवा नगएपछि संवैधानिक परिषद्को बैठक स्थगित 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नआउने भएपछि संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। 
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नआउने भएपछि संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। 

पार्टीको कार्यक्रमका कारण आउन नसक्ने भन्दै देउवाले हिजो (शनिबार) नै प्रधानमन्त्रीसमेत रहेका परिषद्का अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी गराएका थिए । 

बैठक आज बिहान नौ बजेका लागि बोलाइएको थियो । बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता अनिवार्य रुपमा सहभागी हुनुपर्ने प्रावधान छ । जसका कारण बैठक स्थगित भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

स्रोतका अनुसार भागबन्डा नमिलेका कारण बैठक बस्न नसकेको हो । कांग्रेसले अख्तियार, निर्वाचन आयोगलगायतका निकायमा भाग मागेको  छ। तर, ओली त्यसमा सहमत नभएको स्रोतको दाबी छ । 

भागबण्डा नमिल्दा लामो समयदेखि संवैधानिक निकायमा पदपूर्ति हुन सकेको छैन । विभिन्न संवैधानिक निकायमा प्रमुख र सदस्य गरी ४५ पद रिक्त छन्।

प्रकाशित: Dec 13, 2020| 03:53 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।