मंगलबार, भदौ २३, २०८३

जुन गाडीमा चढेर आए त्यही गाडीले किचेर गयो ज्यान

गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङ्गमा आफैँ चढेको बसले किचेर एक जनाको मृत्यु भएको छ। 
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

गोरखा- गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङ्गमा आफैँ चढेको बसले किचेर एक जनाको मृत्यु भएको छ। 

गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना३ख ८१४३ नंको बसले किचेर ४८ वर्षीय बुद्धिबहादुर रम्तेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए।

दुर्घटनामा परी गम्भीर घाइते भएका रम्तेलको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भच्चेकमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको उनको भनाइ छ। 

सिरानचोक गाउँपालिकाको श्रीचौर घर भएका रम्तेललाई शनिबार साँझ बसबाट झर्ने क्रममा आफैँ चढेको बसको पछाडिको चक्काले किचेको प्रमुख ढकालले जानकारी दिए।

मृतकको शव आज परीक्षणपछि परिवारलाई बुझाइने उनले बताए। 

बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। –रासस

प्रकाशित: Dec 13, 2020| 03:32 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।