तेह्रथुम- तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।
घरबाट खेल्न भनेर निस्किएका कोपिला लिम्बुकी ७ वर्षीया छोरी रञ्जना, ६ वर्षीया रोजिना र देवेन्द्र लिम्बुकी ८ वर्षीया छोरी सुहानाको पोखरीमा डुबेर मृत्यु भएको हो ।
स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिक पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको
गाउँपालिका अध्यक्ष सन्तविर लिम्बु जानकारी दिए ।
शनिबार दिउँसो खेल्न भनेर निस्किएका उनीहरु अबरेसम्म पनि नफर्किएपछि खोजतलास गर्ने क्रममा उनीहरु प्लास्टिकको कृत्रिम पोखरीमा मृत फेला परेका थिए ।
शवहरु पोष्टमार्टमका लागि सदरमुकाम म्याङलुङ पठाइएको छ ।