मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा स्थायी कमिटी बैठक धुम्बाराहीमा बस्दै, ओली सहभागी हुने

नेकपा स्थायी कमिटी बैठक धुम्बाराहीमा बस्दै, ओली सहभागी हुने

स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रधानमन्त्री आजको बैठकमा उपस्थित हुने जानकारी पाएको बताए। 
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

काठमाडौं- आन्तरिक विवादमा फसेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दै छ।

बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेकाे हाे। मङ्सिर २१ गतेको बैठकमा अनुपस्थित प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली आजको बैठकमा उपस्थित हुने भएका छन्। 

ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन (आराेपपत्र) फिर्ता नभएसम्म बैठकमा सहभागी नहुने अडान लिएका थिए । उनले २१ गतेको बैठकमा आफ्नो धारणासहितको पत्र मात्रै पठाएका थिए। 

स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रधानमन्त्री आजको बैठकमा उपस्थित हुने जानकारी पाएको बताए। 

मङ्सिर २१ गते बसेको बैठकमा दुवै अध्यक्षको प्रतिवेदन (आराेपपत्र) अध्ययनका लागि वितरण गरेर सात दिनका लागि स्थगित गरिएको थियो। यसबीचमा दुई अध्यक्षबीच सहमति खोज्ने प्रयास पनि त्यो सफल हुन सकेको छैन। 

ओली प्रतिवेदन फिर्ता लिन दाहाललाई दबाब दिँदै आएका छन् भने दाहाल स्थायी कमिटीमा प्रतिवेदन पेस भइसकेकाले त्यहींबाट निर्णय हुने अडानमा छन्। 

कात्तिक २८ गतेको सचिवालय बैठकमा दाहालले पेस गरेकाे प्रतिवेदनमा ओलीले पार्टीको निर्णय नमानेको, स्वेच्छाचारी भएको, सरकार असफल भएको, भ्रष्टाचार मौलाएको लगायतका दर्जन बढी आरोप लगाएका छन्। 

दाहाल र नेपाल पक्ष ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पदन छाड्नुपर्ने अडानमा छन्। तर, ओलीले यसलाई अस्वीकार गर्दै आएका छन्।

प्रकाशित: Dec 13, 2020| 02:51 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।