मंगलबार, भदौ २३, २०८३

देउवा नजाने भएपछि संवैधानिक परिषद्को बैठक अनिश्चित

देउवाले पार्टीको कार्यक्रम भएकाले बैठकमा आउन नसक्ने बताए पनि स्रोतका अनुसार भागबन्डा नमिलेका कारण उनी बैठक आउन नमानेका हुन् ।
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएपछि आजका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक अनिश्चित भएको छ ।

देउवाले पार्टीको कार्यक्रमका कारण बैठकमा आउन नसक्ने जनाएपछि आजको बैठक अनिश्चित भएको हो ।

शुक्रबार प्रमुख प्रतिपक्ष दलका नेता देउवा र संवैधाननिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीबीचको छलफलपछि आज (आइतबार)का लागि बैठक डाकिएको थियो । 

परिषद् बैठकमा विपक्षी दलको नेता अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ । संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

देउवाले पार्टीको कार्यक्रम भएकाले बैठकमा आउन नसक्ने बताए पनि स्रोतका अनुसार भागबन्डा नमिलेका कारण उनी बैठक आउन नमानेका हुन् । कांग्रेसले अख्तियार तथा निर्वाचन आयोग र अरु निकायमा समेत सम्मानजनक स्थान दिनुपर्ने अडान लिएको छ ।

यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले नेकपाभित्रको विवाद हल नभएसम्म परिषद् बैठकमा नजान देउवासँग आग्रह गरेको बुझिएको छ ।

यही कारण देउवाले संवैधानिक परिषद्को बैठकमा उपस्थित नहुने निर्णय लिएको स्रोतको दाबी छ । 

भागबण्डा नमिल्दा लामो समयदेखि संवैधानिक निकायमा पदपूर्ति हुन सकेको छैन । विभिन्न संवैधानिक निकायमा प्रमुख र सदस्य गरी ४५ पद रिक्त छन्।

कुन संवैधानिक निकायमा कति पद रिक्त ? 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख र २ आयुक्त, 

राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्ष र ४ आयुक्त, 

निर्वाचन आयोगमा २ आयुक्त, 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ४ आयुक्त, 

राष्ट्रिय महिला आयोगमा अध्यक्ष र ४ आयुक्त,

राष्ट्रिय दलित आयोगमा अध्यक्ष र ४ आयुक्त,

समावेशी आयोगमा अध्यक्ष र ३ आयुक्त, 

आदिवासी तथा जनजाति आयोगमा अध्यक्ष र ४ आयुक्त, 

मधेसी आयोगमा ४ आयुक्त, 

थारू आयोगमा ४ आयुक्त 

र, मुस्लिम आयोगमा ४ आयुक्त

यी सबै संवैधानिक निकायमा प्रमुख र सदस्य गरी ४५ पद रिक्त छन्। 

प्रकाशित: Dec 13, 2020| 02:27 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।