मंगलबार, भदौ २३, २०८३

अमेरिकामा भोलिदेखि धमाधम कोरोनाको भ्याक्सिन

फाइजरको कोरोना भ्याक्सिन ९५ प्रतिशत सफल भएको दाबी गरिएको छ।
 |  शनिबार, मंसिर २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २७, २०७७

अमेरिकाले फाइजर–बायोएनटेकको कोरोना भ्याक्सिनलाई अनुमति दिएसँगै भोलि सोमबारदेखि भ्याक्सिनेसन सुरु हुने भएको छ। पहिलो चरणमा सबै राज्यका ३० लाख अमेरिकीले भ्याक्सिन लगाउनेछन्।  

फाइजरको कोरोना भ्याक्सिन ९५ प्रतिशत सफल भएको दाबी गरिएको छ।

फाइजरको भ्याक्सिनलाई मञ्जुरी दिन अमेरिकालाई निकै दबाब थियो। अमेरिकाको फुड  एन्ड ड्रग्स एडमिनिस्ट्रेसन ९एफडीए० का प्रमुख स्टिफन हानले आफूले कि फाइजरको भ्याक्सिनलाई अनुमति दिने या राजीनामा दिने बताएका थिए। एफडीएका विशेषज्ञले पनि यो भ्याक्सिनको पक्षमा वकालत गरेका थिए। 

कोरोना संक्रमण र मृत्युका हिसाबले अमेरिका विश्वमै पहिलो नम्बरमा छ। त्यहाँ अहिलेसम्म १ करोड ६२ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ। संक्रमित र मृतकको संख्या अहिले पनि रोकिएको छैन। 

फाइजरको कोरोना भ्याक्सिनलाई बेलायत, क्यानाडा, बहराइन र साउदी अरबले पनि अनुमति दिइसकेका छन्। बेलायतमा त भ्याक्सिन लगाउन सुरु पनि भइसकेको छ। 

फाइजरले भारतमा पनि भ्याक्सिनेसनको लागि अनुमति मागेको छ। यो भ्याक्सिन दुई डोज दिनुपर्छ। 


 

प्रकाशित: Dec 12, 2020| 23:30 शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।