मंगलबार, भदौ २३, २०८३

इलामकाे ३१६५ मिटर उचाइमा पहिलाेपटक भेटियाे पाटेबाघ

इलामको तीन हजार १६५ मिटर उचाइमा पाटेबाघ भेटिएको हो।
 |  शनिबार, मंसिर २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २७, २०७७

इलाम। लोपोन्मुख पाटेबाघ इलाममा फेला परेको छ।

इलामको ३१६५ मिटर उचाइमा पाटेबाघ भेटिएको हो।

बिरालो जातको  पाटेबाघ सीसी क्यामरा फुटेजमा देखिएको हो।

यसअघि पर्सा निकुञ्जपूर्व पाटेबाघ फेला परेको थिएन। 

कञ्चनजंघा भूपरिधिमा जीपीएस कलर गरिएका १० रातो हाब्रे अनुगमन गर्न राखिएका २० क्यामेरा ट्रयापमध्ये एउटामा पाटेबाघ कैद भएको वन तथा भूसंरक्षण विभागले जनाएको छ।

यससँगै पूर्वी पहाडी क्षेत्रको कञ्चनजंघा भूपरिधिमा बिरालो प्रजातिको संख्या आठ पुगेको छ।

चितुवा, ध्वाँसे चितुवा, हिउँ चितुवा, सुनौलो बिरालो, चरी बाघ, वन बिरालो र छिरबिरे बिरालो विगतमा अभिलेखन भइसकेका छन्।

उक्त जैविक मार्ग कञ्जनजंघा संरक्षण क्षेत्र र भारतको सिंघलीला निकुञ्जसँग जोडिएको छ।

नेपालमा पाटेबाघको संख्या २३५ छ।  रासस

प्रकाशित: Dec 12, 2020| 13:20 शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।