बिहीबार, मंसिर १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • लाेकतन्त्र समाप्त पार्ने खेलमा प्रधानमन्त्री नै लागेको मुख्यमन्त्री राउतको आरोप

लाेकतन्त्र समाप्त पार्ने खेलमा प्रधानमन्त्री नै लागेको मुख्यमन्त्री राउतको आरोप

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता खारेज गर्ने पक्षमा नेपाल सरकार रहेको आरोप लगाएका छन्। 
 |  शनिबार, मंसिर २७, २०७७

जियालाल साह

जियालाल साह

शनिबार, मंसिर २७, २०७७

पर्सा। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता खारेज गर्ने पक्षमा नेपाल सरकार रहेको आरोप लगाएका छन्। 

National life

वीरगञ्जस्थित एक स्थानीय रेडियोको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले मन्त्रिपरिषद्‍बाटै ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाएर नेपाल सरकार मात्रै राख्ने गरी गरिएको निर्णय संघीयता विरोधी रहेको बताएका हुन्। 

संघीयता नचाहने प्रधानमन्त्री केपी शर्मा ओली नै विभिन्न समूहमार्फत् लोकतन्त्र समाप्त पार्ने खेलमा लागेको उनको आरोप छ।

‘मुलुकमा प्राप्त उपलब्धि खारेज गर्ने त्यस्ता खेलमा सरकारका पक्षधरहरू लागिपरेका छन्,’ उनले भने, ‘त्यसका विरुद्ध सञ्चारकर्मीहरूले सत्यतथ्य उजागर गर्नुपर्छ।’ 

संघीयताका निम्ति सञ्चारमाध्यमले निकै ठूलो भूमिका खेलेको उनले बताए। 

Laxmi sunrise bank
kumari

‘पुरातन सोचका कर्मचारीको जोडले मात्रै मिडिया विधेयक ल्याइएको हो,’ उनले भने, ‘व्यापक सुझाव पश्चात हामीले उक्त विधेयकलाई केही हदसम्म फितलो गरेका छौं।’

कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री जितेन्द्र सोनलले स्वतन्त्र प्रेस बनाउन प्रदेश सरकार लागेको बताए।
 

प्रकाशित: Dec 12, 2020| 12:51 शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।