मंगलबार, भदौ २३, २०८३

प्रदेश १ मा २ लाख जनाको कोरोना परीक्षण

प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ।
 |  शनिबार, मंसिर २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २७, २०७७

विराटनगर- प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ।

१ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड–१९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले जानकारी दिए। २ लाखको कोरोना परीक्षण गर्दा २८ हजार ८१२ जनामा संक्रमण देखिएको उनले बताए।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सबैभन्दा बढीको कोरोना परीक्षण गरेको छ। उसले ६३ हजार ९२६ जनाको परीक्षण गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ४८ हजार ७४४, कोशी अस्पतालले ४१ हजार ९००, नोवेल मेडिकल कलेजले १८ हजार ७३०, मेची अस्पतालले १० हजार ९५८, कनकाई पीसीआर प्रयोगशालाले ६ हजार ९८३, विराट मेडिकल कलेजले ४ हजार १४६, न्यूरो अस्पतालले २ हजार ८३२ र अन्य प्रयोगशालाहरुमा १ हजार ९५९ जनाको पीसीआर परीक्षण गरिएको छ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५८ जना संक्रमित थपिएका छन्। ४६२ जनाको परीक्षण गर्दा झापा र सुनसरीका २०–२०, मोरंगका १०, इलामका ४, संखुवासभा र प्रदेश १ बाहिरका २–२ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

झापाको दमकमा ६, कनकाईमा ३, कचनकवल, मेचीनगर र बुद्ध शान्तिमा २–२, बाह्रदशी, भद्रपुर, हल्दिबारी, विर्तामोड र गौरादहमा १–१, सुनसरीको इटहरीमा १२, धरानमा ६, रामधुनी र इनरुवामा १–१, मोरंगको विराटनगरमा ४, सुन्दरहरैचा र उर्लाबारीमा २–२, पथरीशनिश्चरे र सुनबर्षीमा १–१, इलामको रोङमा २, इलाम नगरपालिका र सुर्योदयमा १–१, संखुवासभाको धर्मदेवी र प्रदेश १ बाहिरका २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ४५ जना डिस्चार्ज भएका छन्। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ११, विराट मेडिकल कलेजबाट १०, बेलबारी आइसोलेसनबाट ४, विराट सामुदायिक भवन आइसोलेसनबाट ३, न्युरो अस्पताल र झुर्कीया प्राथमिक स्वास्थ्य केन्द्रबाट २–२ जना डिस्चार्ज भएका हुन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार ५८२ पुगेको मन्त्रालयल जनाएको छ।

प्रकाशित: Dec 12, 2020| 11:51 शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।