मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहालले भने, ‘स्थायी कमिटी बैठक बस्छ, बैठकबाटै समस्याको हल हुन्छ’

दाहालले भने, ‘स्थायी कमिटी बैठक बस्छ, बैठकबाटै समस्याको हल हुन्छ’

सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले आइतबार स्थायी कमिटी निर्धारित समयमा नै बस्ने बताएका छन्।
 |  शनिबार, मंसिर २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २७, २०७७

काठमाडौं- सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले आइतबार स्थायी कमिटी निर्धारित समयमा नै बस्ने बताएका छन्।

नेपाली कांग्रेस परित्याग गरेर पार्टीमा प्रवेश गर्ने नेता कार्यकर्तालाई शनिबार धुम्बाराहीमा स्वागत गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले भने, ‘हामी छलफलमा छौं। भोलिको बैठक पनि बस्छ। बैठकबाटै समस्याको हल हुन्छ।’ 

सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुअघि पार्टी प्रवेश गर्ने नेता कार्यकर्तालाई स्वागत गर्दै दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न र मुलुकलाई समाजवादतर्फ अघि बढाउने क्रममा विभिन्न समस्या र चुनौती आउने गरे पनि ती सबैको सामना गर्न सक्ने ताकत पार्टीभित्र रहेको र समाधान गरेर अघि बढ्ने बताएका थिए। 

पार्टीभित्र देखिएको विवाद सचिवालय बैठकमार्फत समाधान हुन नसकेपछि नेकपाको स्थायी कमिटीमा प्रवेश गरेको छ। 

२१ मंसिरमा पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक सुरु भएको हो। बैठकले सचिवालयमा दुवै अध्यक्षले पेस गरेका राजनीतिक प्रतिवेदन अध्ययनका लागि भन्दै सदस्यहरुलाई बाँडिएको थियो।

उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएका थिएनन्। उनले लिखित रुपमा स्थायी कमिटी सदस्यहरुलाई सम्बोधन गर्दै लिखित पत्र पठाएका थिए। कार्यकारी अध्यक्ष दाहालले पेश गरेको राजनीतिक प्रस्तावमाथि छलफल हुने बैठकमा आफू सहभागी नहुने बताएका थिए।

आइतबार बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन्छन् वा के गर्छन् अझै टुंगो लागिसकेको छैन। विवाद समाधानका लागि सहमतिको वातावरण बनाउन भन्दै सात दिन समय दिइए पनि यसबीचमा कुनै सहमति हुन सकेको छैन।

बुधबार दुई अध्यक्षबीच डेढ घन्टा लामो छलफल भए पनि कुनै ठोस सहमति हुन नसकेको बताइएको छ।
 

प्रकाशित: Dec 12, 2020| 11:41 शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।