मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद्को बैठकमा देउवा सहभागी नहुने

प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद्को बैठकमा देउवा सहभागी नहुने

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (आइतबार) का लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन्। 
 |  शनिबार, मंसिर २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २७, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (आइतबार) का लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन्। 

यसअघि शुक्रबार देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए। संवैधानिक निकायमा रिक्त पदमा पदपूर्ति गर्ने बारे छलफल गर्न प्रधानमन्त्री ओलीले आइतबार बिहान ९ बजे परिषद्को बैठक बोलाएका छन्।

परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलको उपस्थिति अनिवार्य हुनुपर्ने हुन्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोगलगायतका संवैधानिक निकायमा लामो समयदेखि पदाधिकारी रिक्त छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध २९ मंसिरमा देशैभर विरोध प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेलगत्तै प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद्को बैठकमा देउवाले सहभागिता नजनाउने बताएका हुन्। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको पर्सिका लागि निर्धारित कार्यक्रममा बढी केन्द्रित हुनुपर्ने भएको भन्दै बैठकमा सहभागी नहुने कुरा सभापति देउवाले प्रधानमन्त्रीलाई जानकारी गराएको बताए।

‘हामी पर्सीको कार्यक्रममा केन्द्रित हुनुपर्ने हुँदा हाम्रो प्राथमिकता भनेको कार्यक्रम हो भनेर  खबर पठाउनु भएको छ,’ उनले भने, ‘बैठक के हुन्छ भन्ने कुरा थाहा भएन। तर सभापतिले पार्टीको कार्यक्रममा केन्द्रित हुनुपर्ने भन्दै जानकारी गराइसक्नुभएको छ।’

प्रकाशित: Dec 12, 2020| 11:12 शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।