मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोहलपुर-सुर्खेत १३२ केभीए विद्युत प्रसारण : योजना बनाएको ३२ वर्षपछि सर्भे

Siddartha premir insuranceSiddartha premir insurance

कोहलपुर-सुर्खेत १३२ केभीए विद्युत प्रसारण : योजना बनाएको ३२ वर्षपछि सर्भे

सुर्खेतमा १३२ केभीए विद्युत प्रसारण लाईन पुर्‍याउने योजनाले ३२ वर्षपछि गति पाएको छ।
 |  शनिबार, मंसिर २७, २०७७
nespernesper

देव राना

देव राना

शनिबार, मंसिर २७, २०७७

सुर्खेत- सुर्खेतमा १३२ केभीए विद्युत प्रसारण लाईन पुर्‍याउने योजनाले ३२ वर्षपछि गति पाएको छ।

triton college

सुर्खेतसहित कर्णाली प्रदेशमा १३२ केभीए विद्युत लाईन विस्तारका लागि ‘कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रशारण लाइन’ आयोजनाले काम थालेको हो।

पहिलो चरणमा विस्तृत सर्भेको काम सुरु भएको हो। अबको एक महिनाभित्रै सर्भे सक्ने गरी काम सुरु भएको आयोजना प्रमुख रवीकुमार चौधरीले जानकारी दिए। ‘कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रशारणको पहिलो चरणको काम सुरु भएको छ’ चौधरीले भने, ‘अबको एक महिनाभित्रै सर्भेको काम सकिन्छ।’ 

सर्भे सकिएपछि लगत्तै आयोजनाले कटान गरिने रुखको संख्या गणना गर्नेछ। त्यसपछि वन तथा वातावरण मन्त्रालयले रुख कटान अनुमतिका लागि मन्त्रिपरिषद बैठकमा सिफारिस लैजाने छ। मन्त्रीपरिषद् बैठकले रुख कटानको स्वीकृति दिएपछि आयोजनाले रुख काट्ने काम सुरु गर्नेछ।

कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रशारण लाईन विस्तार गर्दा बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग समन्व गरेर रुख कटान गरिने छ। प्रारम्भिक अध्ययनअनुसार लाईन विस्तार गर्दा सात हजारभन्दा बढी रुखहरु कटान हुने अनुमान छ।

Metro Mart
vianet

गएको असार २२ गते आयोजनाले भारतीय निर्माण कम्पनी ‘आरएस इन्फाप्रोजेक्ट प्राइभेट लिमिटेड’लाई ठेक्का दिएको हो। झण्डै ७० करोड लागतमा आयोजनाले निर्माण कम्पनीसँग सम्झौता गरेको छ। निर्माण कम्पनीले विद्युत लाइन प्रशारणको लागि डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्टको खरीद लगायतका सम्पूर्ण काम दुई वर्षभित्र गरिसक्नु पर्नेछ।
सुर्खेतसहित कर्णालीमा हाल ३२ केभीए विद्युतलाई लाइन सञ्चालनमा छ।

प्रारम्भिक अध्ययनअनुसार कोहलपुरदेखि सुर्खेतसम्म कुल १४५ वटा पोल रहने छन्। जसमा २६ वटा एंगल टावरहरुको प्रस्ताव गरिएको छ। वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन प्रसारण लाइनको ७०.५४५ भाग वनको क्षेत्र, १६.१३५ खेतीयोग्य जमिन, २.२६५ बाँझो जमिन, तथा ११.०६५ अन्य भागले ओगटेको छ। 

आयोजना कार्यान्वयन गर्दा कूल ९८.०५७९ हेक्टर जग्गामा टावर निर्माण, सव–स्टेशन तथा क्षेत्राधिकारको लागि आवश्यक पर्नेछ।

जसमध्ये ३.७२४९ हेक्टर स्थायी रूपमा सव–स्टेशन निर्माणको लागि र ३.३०७५ हेक्टर टावरको जग निर्माणको लागि अधिग्रहण गरिनेछ भने बाँकी ९१.०२५५ हेक्टर जमिन अस्थायी रूपमा प्रयोग गरिनेछ। आयोजनाको कुल लम्बाई करिब ५१.४६२ किलोमिटर डबल सर्किटको रहने प्रस्ताव गरिएको छ। आयोजना कार्यान्वयन गर्दा बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका, सुर्खेतको भेरीगंगा, लेकवेशी र वीरेन्द्रनगर नगरपालिकाहरू प्रभावित हुनेछन्।

३२ वर्षअघि २०४५ सालमा नेपाल विद्युत प्राधिकरणले सुर्खेतमा १३२ केभीए विद्युतलाई विस्तार गर्ने योजना बनाएको थियो। तर लामो समयसम्म विद्युत लाईन विस्तार हुन सकेको थिएन। 

लाइन विस्तार नभएकै कारण सुर्खेत, सल्यान, रुकुमपश्चिम, जाजरकोट र दैलेखका नागरिकले कम भोल्टेजका कारण हैरानी भोग्दै आएका छन्। १३२ केभिए लाइन विस्तार भएमा यस क्षेत्रको विद्युत आपूर्ति सहज हुने अपेक्षा गरिएको छ। 

सुर्खेत–दैलेखमामा पनि प्रारम्भिक अध्ययन

यस्तै आयोजनाले सुर्खेत–दैलेखमा १३२ केभीए लाईन विस्तारका लागि प्रारम्भीक अध्ययन पनि थालेको छ। कोहलपुर–सुर्खेत १३२ केभीए लाइन विस्तारका टुङ्गिए लगत्तै दैलेखमा पनि लाईन विस्तार गर्ने योजनाको प्रारम्भिक वातावरणीय मुल्यांकन (आइइ) सुरु भएको छ।

प्रकाशित: Dec 12, 2020| 09:20 शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।