मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक पुस ४ गते बस्ने

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक पुस ४ गते बस्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका तीन अध्यक्षहरूको आज (शनिबार) बसेको बैठकले केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस ४ गते गर्ने निर्ण गरेको छ।
 |  शनिबार, मंसिर २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २७, २०७७

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका तीन अध्यक्षहरूको आज (शनिबार) बसेको बैठकले केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस ४ गते गर्ने निर्ण गरेको छ।

अध्यक्षत्रय कमल थापा, पशुपति शमसेर जबरा र प्रकाशचन्द्र लोहनीबीचको छलफलले पुस ४ गते केन्द्रीय कार्य सम्पादन समितिको बैठक काठमाडौंमा बस्ने निर्णय गरेको हो।

यसबारे अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका छन्। अध्यक्ष थापाले ट्वीटरमा लेखेका छन्, ‘राप्रपा त्रय अध्यक्षहरूको आज बसेको बैठकले पुस ४ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक गर्ने निर्णय गरेको छ। उक्त बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनको सुदृढीकरण, महाधिवेशनको तयारी र भाबी संघर्षको कार्यक्रम लगायतका विषयमा छलफल हुनेछ।’

प्रकाशित: Dec 12, 2020| 07:37 शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।