मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फाइजरको कोरोना भ्याक्सिनले अमेरिकामा पनि पायो अनुमति

फाइजरको कोरोना भ्याक्सिनले अमेरिकामा पनि पायो अनुमति

अमेरिकाले कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रयोगका लागि अनुमति दिएको छ।
 |  शनिबार, मंसिर २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २७, २०७७

अमेरिकाले कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रयोगका लागि अनुमति दिएको छ। फाइजर–बायोएनटेकले भ्याक्सिनको आपतकालीन प्रयोगका लागि अमेरिकामा अनुमति पाएको हो।

फाइजरको भ्याक्सिनलाई मञ्जुरी दिन अमेरिकालाई निकै दबाब थियो। अमेरिकाको फुड  एन्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडीए) का प्रमुख स्टिफन हानले आफूले कि फाइजरको भ्याक्सिनलाई अनुमति दिने या राजीनामा दिने बताएका थिए। एफडीएका विशेषज्ञले पनि यो भ्याक्सिनको पक्षमा वकालत गरेका थिए। 

कोरोना संक्रमण र मृत्युका हिसाबले अमेरिका विश्वमै पहिलो नम्बरमा छ। त्यहाँ अहिलेसम्म १ करोड ६२ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ। संक्रमित र मृतकको संख्या अहिले पनि रोकिएको छैन। 

फाइजरको कोरोना भ्याक्सिनलाई बेलायत, क्यानाडा, बहराइन र साउदी अरबले पनि अनुमति दिइसकेका छन्। बेलायतमा त भ्याक्सिन लगाउन सुरु पनि भइसकेको छ। यो भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ। 

फाइजरले भारतमा पनि भ्याक्सिनेसनको लागि अनुमति मागेको छ। यो भ्याक्सिन दुई डोज दिनुपर्छ। समस्या के छ भने भ्याक्सिनलाई माइनस ७० डिग्रीमा राख्नुपर्ने हुन्छ। 

प्रकाशित: Dec 12, 2020| 06:38 शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।