काठमाडौं। कलंकीको ढुंगेअड्डामा मालवाहक ट्रकले आठवटा सवारीसाधनलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्।
मृत्यु हुनेमा ओखलढुंगाका शेखर दमाई रहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ।
थानकाेटबाट आउँदै गरेको प्रदेश–०३–००१ ख १४३० नम्बरको ट्रकको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।