बुधबार, भदौ ३१, २०८३

सिद्धार्थ बैंकद्वारा प्रणामी सेवालाई आर्थिक सहयोग

सिद्धार्थ बैंकले मनोहरा नगरपालिका-९, गोठाटारस्थित श्रीकृष्ण प्रणामी सेवा समिति नेपाललाई दुई लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। 
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

काठमाडौं। सिद्धार्थ बैंकले मनोहरा नगरपालिका-९, गोठाटारस्थित श्रीकृष्ण प्रणामी सेवा समिति नेपाललाई दुई लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। 

सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले दिएको रकम प्रणामी भवनको पुनर्संरचना कार्यका लागि उपयोग गरिने छ। 

सो भवन समितिले असहाय ज्येष्ठ नागरिकको आवासका लागि उपयोग गर्ने छ। 

२०७२ को महाभूकम्पले सो भवन क्षति गरेको थियो। 

प्रकाशित: Dec 11, 2020| 13:44 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्