मंगलबार, भदौ २३, २०८३

एआईजी पोखरेललाई दर्ज्यानी चिह्न प्रदान

एआईजीमा बढुवा भएका विश्वराज पोखरेललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। 
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

काठमाडौं- एआईजीमा बढुवा भएका विश्वराज पोखरेललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। 

प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पोखरेललाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

२५ मंसीरमा बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। 

सरकारले एकजना एआईजीमा दरबन्दी थप गर्ने निर्णय गरेपछि वरिष्ठतम् डीआईजीमा रहेका पोखरेललाई केही दिनअघि गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले एआईजीका लागि बढुवा सिफारिस गरेको थियो। 

दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक क्षेत्रीले पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेललाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त जिम्मेवारीलाई नयाँ ऊर्जाका साथ निर्वाह गर्न निर्देशन दिएका छन्।

क्षेत्रीले संगठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नयाँ कार्ययोजना बनाई आगडि बढ्नुपर्ने बताए।

कार्यक्रममा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले सरकार एवम् प्रहरी संगठनले विश्वास गरी आफूलाई पदोन्नति गरेको बताउँदै विश्वासलाई रत्तिभर पनि प्रश्न नआउने गरी प्राप्त जिम्मेवारी वहन गर्ने प्रतिबद्धता व्यक्त गरे।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूलगायत प्रहरी अधिकृत तथा प्रहरी जवानको उपस्थिति थियो।

प्रकाशित: Dec 11, 2020| 13:36 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।