मंगलबार, भदौ २३, २०८३

प्रदेश १ मा ७७ संक्रमित थपिए, ८६ डिस्चार्ज

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७७ जना कोरोना संक्रमित थपिएका छन्। ५५७ जनाको पीसीआर परीक्षण गर्दा महिला २६ र पुरुष ५१ जनाको रिपोर्ट पोजेटिभ आएको हो। 
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७७ जना कोरोना संक्रमित थपिएका छन्। ५५७ जनाको पीसीआर परीक्षण गर्दा महिला २६ र पुरुष ५१ जनाको रिपोर्ट पोजेटिभ आएको हो। 

संक्रमित हुनेमा मोरङमा २८, झापामा २२, सुनसरीमा १४, संखुवासभामा ३, धनकुटामा २, खोटाङ, इलाम र ओखलढुङ्गामा १–१ र प्रदेश र १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मोरङको विराटनगरमा १५, रतुवामाईमा ५, कानेपोखरीमा २, रंगेली, कटहरी, बेलबारी, सुन्दरहरैचा, ग्रामथान र पथरीशनिश्चरेमा १–१, झापाको मेचीनगर र विर्तामोडमा ५–५, गौरादहमा ४, अर्जुनधारा, शिवसताक्षी र दमकमा २–२, बुद्धशान्ति र भद्रपुरमा १–१, सुनसरीको इटहरीमा ७, धरानमा ६, इनरुवामा १, संखुवासभाको खाँदबारीमा २, धर्मदेवीमा १, धनकुटामा २, खोटाङको दिप्रुङ चुईचुम्मामा १, इलाममा १ र ओखलढुङ्गाको चिशंखुगढीमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कारोना संक्रमितको संख्या २८ हजार ७५४ पुगेको छ।

प्रदेश १ मा ८६ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट ८१ र विराट मेडिकल कलेजबाट ५ जना रहेका छन्। हालसम्म डिस्चार्ज हुनेका संख्या २३ हजार ५३७ पुगेको छ।

प्रकाशित: Dec 11, 2020| 11:58 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।